अवैध लागूऔषध गाँजा सहित पक्राउ

धादिङ-बेनिघाट रोराङ गाउँपालिका-३ गोमती पुलस्थित सडकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानरगपालिका-१७ बस्ने २३ वर्षीय संजय तामाङ र सोही महानगरपालिका-१६ बस्ने २४ वर्षीय कृष्ण परियार रहेका छन् । गल्छीबाट चितवनतर्फ जाँदै गरेको ना.२९ प ७४४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चामलको बोराभित्र लुकाई ल्याएको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।स्रोत: नेपाल प्रहरी

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु