
एमाले स्थायी कमिटी बैठक बस्दै
७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा एघार बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।
उनका अनुसार, आजको बैठकमा आगामी चुनावबारे छलफल हुनेछ । एमालेले चरणबद्ध बैठक राखेको छ ।
९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेकोे छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


