रामकृष्ण ढकालको नयाँ गीत ‘ साँझ ढल्यो ‘ बजारमा (भिडियो )
काठमाडौं- गायक रामकृष्ण ढकालको नयाँ गीत ‘साँझ ढल्यो’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ । कुशल गीतकार मिरा देवी राइको शब्द तथा गायक तथा संगीतकार रोशन राइ (पालुवा स्टार) को संगीत रहेको उक्त गीतको संगीत सन्योजन भने पदम राजन मगरले गरेका हुन। गीतलाई सेवा स्टुडियोमा रेकर्डिङ गरिएको हो।

गीतकार राइका यस अघी ठमेलको बजारमा , डिस्को पार्टी ,तिमीलाई पाए-२ लगायत थुप्रै गीतहरु बजारमा आइसकेका छन र क्रमश: अन्य गीत हरु पनि आउने क्रममा रहेको गीतकार राइले पहिलो प्रहर सँग बताइन।
प्रबाशमा रहेर पनि निरन्तर नेपाली गीत संगीतलाई माया गर्ने उनिले चर्चित गायकहरु सँग गीत पनि गाएकी छिन।
गायक राजेश पायल राइ सँग गएको ठमेलको बजारमा उनको पछील्लो गीत हो भने यस अघी गायक प्रमोद खरेलसँग डिस्को पार्टी भन्ने गीत गाइसकेकी छिन साथै गायक यम बराल सँगको गीत आउने क्रममा रहेको पनि उनले बताइन।

स्टुडियो भर्शनमा ल्याइएको भिडियोमा गायक राम कृष्ण ढकाललाई पनि देख्न सकिन्छ।

गीतको भिडियो राइको आफ्नै अफिसियल यूट्युब च्यानल मिरा देवी राइ बाट सार्वजनिक गरिएको हो। # रामकृष्ण ढकालको नयाँ गीत ‘ साँझ ढल्यो ‘
यो पनि हेर्नुहोस्- राजेश हमाल, वर्षा शिवाकोटी अभिनित लोकगीत ‘मञ्जरी’ सार्वजनिक
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




