
निषेधाज्ञाबारे उपत्यकाका तीन सिडिओको भर्चुअल बैठक हुँदै
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ।
उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने-नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ।
निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका हुन्।
‘हामी तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेर निषेधाज्ञाबारे साझा धारणा बनाउँछौं,’ दाहालले सेतोपाटीसँग भने।
तीन जिल्लाका प्रजिअको राय मंगलबार नै गृह मन्त्रालयमा पठाइने छ।
‘गृहको सुझावपछि हामी भोलि पुन: बैठक बसेर निषेधाज्ञाबारे निर्णयमा पुग्छौं,’ दाहालले भने।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन।
श्रोत:-setopati
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



