
अपडेट : रत्ननगरमा अवरुद्ध राजमार्ग प्रहरीले खुलायो
३ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले बन्द गराएको पूर्व–पश्चिम राजमार्ग प्रहरीले खुलाएको छ ।
ठक्कर दिएर फरार भएको गाडीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने प्रतिबद्धता प्रहरीले जनाएपछि राजमार्ग खुलाउन स्थानीय तयार भएका हुन् । राजमार्ग अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरु अहिले गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको थियो । रानामगरलाई बोलेरो गाडीले ठक्कर दिएर फरार भएको र त्यसको खोजी भैरहेको डीएसपी रविनबाबु रेग्मीले बताए ।
यसैबीच चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


