टालाटुली बटुली कतिराम्री पुतली भनेर मुन्निलाई फकाउदै रवी र रन्जित
– टालाटुली बटुली कतिराम्री पुतली भनेर मुन्निलाई फकाउदै रवी र रन्जित-
काठमाडौं : नेपाल आइडल सिजन-२ मा एउटा एस्तो आवाज गुन्जियो जुन आवाज नेपाल नेपाल आइडलले खोजी गरेको मध्येको आवाज थियो र जजहरुबाट उनी छानिए पनि, अगाडि बढीरहे सबैको मन जितिरहे फल्स्वरुप उचाले नेपाल आइडल सिजन-२ को ताज ।
त्यो दिन देखी उनले पछाडि फर्किएर हेर्न परेन।नेपाली संगीतिक क्षेत्रले एउटा एस्तो प्रतिभा पायो जो आज सम्म सबैको मनमा राज गरिरहेका छन। सुदुरपश्चिमबाट उदाएको एउटा नक्षत्र जुन नेपाली संगीतिक क्षेत्रमा आहिले आफ्नो दह्रिलो नाम बनाइसकेको छ। त्यो नाम हो रवी ओड।
सामाजिक काम देखी लिएर बिभिन्न काम गर्न रुचाउने रवी गाउन मात्र नभएर नाच्न पनि उत्तिकै सिपालु छन। हालै मात्र रिलिज भएको रबिको गीत ” टालाटुली बटुली कतिराम्री पुतली ” मा मोडल तथा भि जे रन्जित पौडेलसँग मिलेर प्रियाना आचार्य उर्फ ‘मुन्नी’ लाई फकाउन कम्मर मर्काइ रहेको देख्न सकिन्छ।
जादुमय स्वरकी धनी अस्मिता अधिकारी (जो नेपाल नेपाल आइडलकै प्रतियोगी हुन) ले रबी लाई साथ दिएकी छिन। अस्मिता आहिलेकी चलेकी गायिका पनि हुन ।
दुर्गा खनाल(घिमिरे)को शब्द, डि बि लामाको सङ्गीत तथा पुस्कर सुनुवारको सङ्गीत संयोजन रहेको उक्त गीत ‘ टालाटुली बटुली कतिराम्री पुतली …’ को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक रबी बताउछन।

रबिले यस अघी पिएर नशा, घरमा कुरा, चौबन्दिमा सजिएकी ,२ कौडिको बुद्दी लगाएत थुप्रै हिट गीतहरु गाइसकेका छन।
चर्चित निर्देशक निकेश खड्काको निर्देशन र कोरियोग्राफर शुभम भुजेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा रबी, रन्जित, मुन्नी (प्रियाना आचार्य) लगायतको मुख्य अभिनय रहेको छ ।
भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ भने सम्पादन बिकास धमलाले गरेका हुन। भिडियो लाई शुक्रबार D4 Creation च्यानल बाट सार्वजनिक गरिएको हो।
गीतको भिडियो
यो पनि हेर्नुहोस् – मेरा काला दारी गीतले कमायो दश लाख (भिडियो सहित)
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]