मेरा काला दारी गीतले कमायो दश लाख (भिडियो सहित)
काठमाडौं- करिब ७ महिना पहिला बजारमा एउटा गीत जसलाई दर्शक तथा श्रोताले निकै चाख मानेर सुन्थे , गीत थियो ”मेरा काला दारी तिम्लाई के को भारी” निकै प्रचलित शब्दलाई टप्प टिपेर संगीतकार दिपक शर्माले एउटा गीत बनाइहाले , दिपकको आफ्नै शब्द संगीत रहेको उक्त गीतलाई उपयुक्त स्वरको खोजिमा थिए दिपक , नभन्दै उनले खोजेको पाराको स्वर गायक अर्जुन पौडेलमा उनिले भेट्टाइहाले फलस्वरुप गीतले पूर्णता पाउने तर्खरमा थियो,
अब कुरा बाँकी रह्यो अर्जुनलाई साथ दिने उपयुक्त गायिका, संगीतकारले सुनाइहाले गयिका तथा चर्चित रियालिटी शो नेपाल आइडलकि जज तथा चर्चित गायिका ‘इन्दिरा जोशी’, गायक तथा संगीतकारको कुरा मिलिहाल्यो अनी त गीत रेकर्डिङ गर्ने तरखरमा लागिहाले दुबै जना।

गायक पौडेल बैदेशिक रोजगारिबाट छुट्टीमा घर फर्किएको समय थियो त्यो त्यस कारण रेकर्डिङ सम्पन्न गरेर उनी परदेश फर्किहाले। केही समय पछी गायिका इन्दिराको पनि भोकल हाल्ने काम सम्पन्न भए पछी गीतले पूर्णता पायो। अडियो त सम्पन्न भयो, गीतको अडियो आशालाग्दो थियो।
गीतलाई अब एउटा कुशल भिडियो निर्देशकको आवश्यकता थियो, फलस्वरुप रन्जित पौडेलको भेट भयो चर्चित न्रित्य निर्देशक तथा निर्देशक गम्भिर बिष्ट सँग अनी सुरु भयो गीतको भिडियो बनाउने कार्य।
निकै प्रचलित शब्दलाई टप्प टिपेर संगीतकार दिपक शर्माले एउटा गीत बनाइहाले मेरा काला दारी तिम्लाई के को भारी, दिपकको आफ्नै शब्द संगीत रहेको उक्त गीतलाई उपयुक्त स्वरको खोजिमा थिए दिपक , नभन्दै उनले खोजेको पाराको स्वर गायक अर्जुन पौडेलमा उनिले भेट्टाइहाले फलस्वरुप गीतले पूर्णता पाउने तर्खरमा थियो अब कुरा बाँकी रह्यो अर्जुनलाई साथ दिने उपयुक्त गायिका संगीतकारले सुनाइहाले गयिका तथा चर्चित रियालिटी शो नेपाल आइडलकि जज तथा चर्चित गायिका ‘इन्दिरा जोशी’,
करिब करिब एक महिना भित्रै शूटिङ सम्पन्न गरेर गीतको भिडियो सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको केही दिनमा ट्रेन्डिङमा रहेको उक्त गीतले टिकटकमा भने तहल्का नै मच्चायो फलस्वरुप करिब २० हजारको हाराहारिमा टिकटक भिडियो पनि बने। गीतलाई धेरैले मन पराए।



”अहिले गीतलाई दश लाख भन्दा बढीले हेरिसकेका छन र क्रमश: उकालो लाग्ने क्रममा छ। गीत अहिले पनि दर्शकको रोजाइमा परेको गायक पौडेल बताउछन। दर्शकको मायाले उर्जा थपिनुका साथै अगाडि बढ्न उत्प्रेरणा दिने गायक बताउछन।”

गीतमा शब्द, संगीत दिपक शर्माको रहेको छ भने संगीत सम्योजन नरेन्द्र बियोगिले गरेका हुन। प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई श्याम श्वेत रसाइलीले गरेका हुन ।
नायिका आँचल शर्मा र रन्जित पौडेलको अभिनय रहेको गीतको भिडियो निर्देशन गम्भिर बिष्टले गरेका हुन भने कोरियोग्राफी सुबोल थापाले गरेका हुन। भिडियोलाई नबराज उप्रेतिले छायांकन गरेका हुन भने सम्पादन शिलान लम्सालले गरेका हुन। # मेरा काला दारी



गीतको भिडियो हेर्नुहोस
यो पनि हेर्नुहोस्- हेमन्त कान्छा रसाइलीले सारा प्रबासीलाई रुवाए धर धरी
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




