डेब्यू खेलमा काल्भर्ट–लेविनको गोल, इंग्ल्याण्ड विजयी

डोमिनिक काल्भर्ट–लेविनले डेब्यू खेलमा गोल गर्दा इङ्ल्याण्डले वेल्सलाई मैत्रिपूर्ण खेलमा ३–० गोलअन्तरले हराएको छ । फर्ममा रहेका एभर्टनका स्ट्राइकरले खेलको २६ औँ मिनेटमा ज्याक ग्रिलिसको पासमा सिजनको १० औँ गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा काइरियन ट्रिपियरको पासमा कोनोर कोडीले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै इङ्ल्याण्डको अग्रता दोब्बर बनाए । खेलको ६३ औँ मिनेटमा ड्यानी इङ्ग्सले अर्को गोल थप्दै इङ्ल्याण्डको जीत सुनिश्चित गरे ।

योसँगै इङ्ल्याण्डले वेल्स विरुद्ध लगातार ६ वटा खेल जित्न सफल भएको छ । उता वेल्सले भने सन् १९७३ पछि इङ्ल्याण्डविरुद्ध सबैभन्दा ठूलो हार ब्यहोरेको छ ।

अन्य मैत्रिपूर्ण खेलमा इरानले उज्बेकिस्तानलाई २–१ गोलले हरायो भने स्वीडेनले पनि रुसलाई सोही गोलअन्तरले पराजित गर्यो । दक्षिण अफ्रिका र नामिबिया र बेल्जियम र आइभोरी कोस्टले १–१ को बराबरी खेले ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु