ओमानसँग नेपाल ७-२ ले पराजित

११ असोज, काठमाडौं । साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।

नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए ।

कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा ओमानले २-१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा ५ गोल गरेको थियो ।

नेपाली टोली आज कतारबाटै माल्दिभ्स जानेछ । साफ अक्टोबर एक देखि १५ सम्म माल्दिभ्समा हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु