
उदयपुरका बालबालिकालाई विद्यालममै मोडर्ना खोप दिन सुरू
उदयपुर, १५ पुस-जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई काेराेना भाइरसविरुद्धकाे मोडर्ना खोप दिन थालेकाे छ । उनीहरूलाई बिद्यालयमै पुगेर खाेप दिन थालिएकाे हाे । १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै काेरानाविरद्धकाे खोप दिन थालिएकाे हाे ।
अमेरिकन कम्पनीले उत्पादन गरेकाे मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताए । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डाेज मोडर्ना खोप आएको छ ।
उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा खोप लगाउन बाँकी जनसंख्याको आधारमा वितरण गरेकाे निरौलाले जानकारी दिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


