
भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छु: प्रधानमन्त्री

काठमाडौं, पुस २६-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताएका छन्।
राष्ट्रिय सभा बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहेको बताएका छन्।
‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु। मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘सम्बन्ध नयाँ उचाइमा पुर्याउन चाहन्छु। समानताका आधारमा मनदेखिको मित्रता हुने हो।’
उनले भू-भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि पनि जनाएका छन्।
‘हाम्रो न्यायोचित भनाइ पूरा गराउने प्रयास गर्नुपर्छ त्यसकारण छलफल गर्नुपर्छ,’ उनले भने, ‘भू-भाग हडपिएको थाहा छ अनि बोल्न नसक्ने, सम्बन्ध राम्रै छ भन्ने। सीमा समस्या छ भने हाम्रा अडान राख्नुपर्छ। न्यायोचित तर्क हामीले प्रस्तुत गर्नुपर्छ।’
प्रधानमन्त्री ओलीले राष्ट्रवादका ठूला कुरा नगर्न पनि आग्रह गरेका छन्।

लिम्पियाधुरासहितको नक्सा प्रकाशित गरे पनि त्यो नेपालकै भूमि भएकोले भारतसँग सम्बन्ध नबिग्रने उनले बताएका छन्। उनले व्यवहारिक रूपमा भूमि फिर्ता लिइने पनि बताए।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



