गायक हिमाल सागरको नयाँ गीत ‘भुलिदेउ’ सार्वजनिक

काठमाडौ– चर्चित गायक हिमाल सागरको स्वर, संगीत रहेको नयाँ गीत ‘भुलिदेउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार रोहन पौडेलको शब्द रहेको उक्त गीतमा संगीतकार महेश्वरमान राजभण्डारीको संगीत संयोजन छ । भिडियोमा ब्लड क्यान्सरले पीडित प्रेमिका र शंकालु प्रेमीबीचको कथा समेटेर तयार गरिएको छ ।

संगीतिक यात्रामा हाल अमेरिका रहेका गायक हिमाल सागरले गीतको छायांकन समेत अमेरिकामा नै गरेका हुन।

म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन् ।

शैलेश घलेको छायांकन रहेको भिडियोमा विष्णु खड्काले सम्पादन र बिक्की पुलामीको निर्देशन छ ।

भिडियो  यूटुब च्यानल पी एण्ड एच प्रोडक्शन बाट सार्वजनिक गरिएको हो ।

 

Sagoon Host

 

# भुलिदेउ

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु