सप्तरीमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

१० वैशाख, सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु