
मर्मत गर्ने क्रममा अचानक गाडी गुड्दा एकजनाको मृत्यु
२१ असोज, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्न पुग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका ३० वर्षीय सूर्य लिम्बु रहेका छन् ।
मर्मत गर्ने क्रममा बा.२ क ५९९८ नम्बरको टिपर अचानक गुड्न पुग्दा गाडीको चक्काले किचेर उनी गम्भीर घाइते भएका थिए । घाइते लिम्बुलाई उपचारका लागि बीएण्डबी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


