
सुर्खेतमा एक पुरुष मृत अवस्थामा भेटिए
१७ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
वीरेन्द्रनगर–६, स्थित यज्ञ पिसहोम बोडिङ्ग स्कुलनजिक मंगलबार बिहान ती पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
डीएसपी घर्तीका अनुसार ती पुरुष सिम्ता गाउँपालिका–९, का ३९ वर्षीय रामबहादुर राना क्षेत्री रहेका छन् । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ । मृतकको शरीरमा कुनै चोटपटक नभएकाले पोष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने डीएसपी घर्तीले बताए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


