संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित

५ मंसिर, काठमाडौं । भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले कोरम नपुगेकाले आगामी १७ गते अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको जानकारी दिए ।

संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । बैठकमा कोरम पुग्न आठ सदस्य चाहिन्छ । तर बैठकमा ‘पाँच÷सात जनामात्रै’ सदस्य उपस्थित भएको एक कर्मचारीले बताए ।

आइतबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्ने भनिएको थियो । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु