पल, आकाश र पूजाको भेट नगरकोटमा – कालेकेटा-२ (भिडियो सहित)

म हिड्दा खेरी हिड्छ,बसे उ रोकिन्छ…. कालेकेटा-२

काठमाडौं : केही समय अगाडि गायिका दुर्गा खरेल (पोखरेल) ले र नेपाल आइडल सिजन-२ का बिजेता रबी ओडले गाएको गीत ‘घरमा कुरा’ले निकै चर्चा कमाएको थियो। चर्चित संगीतकार अर्जुन पोखरेल द्वारा सङ्गीतबद्द उक्त गीत लेखेका थिए गीतकार ध्रुब प्रसाद अम्गाइले। उनै गीतकार अम्गाइको शब्द रहेको गीत कालेकेटा-२…बजारमा सार्वजनिक भएको छ।

जादुमय स्वरकी धनी दुर्गालाई प्रताप दाश (जो नेपाल नेपाल आइडलका प्रतियोगी हुन) ले साथ दिएका छन।

कालेकेटा-२

 

गीतकार ध्रुब प्रसाद अम्गाइको शब्द, अर्जुन पोखरेलको सङ्गीत तथा पोखरेलकै सङ्गीत संयोजन रहेको उक्त गीत ‘ काले केटा-२…’ को भिडियो सार्वजनिक भएको छ। The Devine Music यूटुब च्यानल बाट शनिबार सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गीतकार अनी सङ्गीतकारले हामीलाई बताए । उक्त गीतलाई साजन शाहले मिक्सिङ गरेका हुन।

कालेकेटा-२

निर्देशक विधान कार्कीको  निर्देशन, छायाँकार उत्सब दाहाल छायाँकन तथा बिकाश दाहालको सम्पादन रहेको गीतको भिडियोमा नायकद्वय पल शाह र आकाश श्रेष्ठले नायिका पूजा शर्मा सँग गरेको रोमान्स  देख्न सकिन्छ। भिडियोलाई नगरकोटको रमणिय ठाउँमा खिचिएको छ।

Sagoon Host

अत्यन्त फलदायी सहकार्य

गीतकार ध्रुब प्रसाद अम्गाइ र संगीतकार पोखरेल बिचको सहकार्य निकै लोभलाग्दो छ। नजुरेको लगन, घरमा कुरा देखी काले केटा- २ सम्म आएको सहकार्य आगामी दिनमा पनि निरन्तर रहिरहने गीतकार बताउछन। केही समय अघी मात्र रिलिज भएको तिमीलाई सन्देश भन्ने गीतलाई दर्शक श्रोताले निकै मन पराएका छन।

आगामी दिनहरुमा अझ उत्कृष्ट गीत संगीत पस्कदै जाने गीतकार अम्गाइले पहिलो प्रहर लाई बताए। # कालेकेटा-२

20% OFF SAGOON

कालेकेटा-२

 

 

गीतको भिडियो

 

यो पनि हेर्नुहोस् – मेरा काला दारी गीतले कमायो दश लाख (भिडियो सहित)

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु