स्थगित होला त राष्ट्रिय जनगणना २०७८ ? यस्तो छ जनगणाना २०७८ को कार्य तालिका :

रुपेश वि क,

कोरोनाको दोस्रो लहरका कारण देशका विभिन्न स्थानमा निषेधाज्ञा लागु भएको छ भने केहि स्थानमा १६ गते देखि निषेधाज्ञा सुरु हुदैछ ! अहिलेको अवस्था हेर्दा ढिलो चाँडो देश पूर्णलकडाउन तर्फ अघि बढ्ने देखिन्छ ! यसैबीच राष्ट्रिय जनगणना २०७८ को तयारीका कार्य देश भरका जिल्ला जनगणना कार्यालयले गरिरहेका छन् ! यहि बैशाख १३, १४ र १५ गते सुपरीवेक्षकलाइ कार्यालयमा बोलाएर कार्य सम्पादन सम्झौता गरिदैछ भने बैशाख १६ बाट प्रत्येक जिल्लामा सुपरिवेक्षकको तालिम सुरु हुदैछ !

 

तर केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना कार्यक्रम नरोकिने जनाएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पूरै लकडाउन नभएसम्म जनगणना कार्यक्रम नरोकिने बताए । “अहिले रोकिँदैन । काम हुन्छ, हामी सक्षम पनि छौँ,” महानिर्देशक श्रेष्ठले भने, “भोलि पूरै लकडाउन भयो भने त स्थगित होला, नत्र अहिलेसम्म रोक्ने कुनै तयारी छैन ।”

 

अहिले पनि विभागमा ९ हजार सुपरिवेक्षकको लागि तालिमको व्यवस्था हुँदैछ । उनीहरूका लागि आगामी बिहीबारबाट हुने तालिम २२ गते सकिने उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिए । उनले सुरक्षाका मापदण्ड अपनाई र सामाजिक दुरी कायम गरी तालिम दिन लागेको बताए । उनले स्वास्थ्य मापदण्ड पूर्णतया अपनाउँदा तथ्याङ्क संकलन गर्न घर-घर जाँदा पनि समस्या नहुने बताए । “गणकलाई मास्क, फेससिल्ड र स्यानिटाइजरको उपलब्धता हुनेछ । घरबाहिरै बसेर तथ्याङ्क लिने हो,” उनले भने, “आजको मितिसम्म गर्न सकिन्छ नै भनेर तयारी अगाडि बढाएका छौँ । सरकारी काम भएको भएर सरकारले जे भन्छ, त्यही गछौं ।”

 

हेर्नुहोस राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका

राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त कार्यतालिका

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु