पदाधिकारीमा लगभग सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं, १८ पुस-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको टुंगो भोलि लाग्ने बताएका छन् ।

नेकपा माओवादीको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रचण्डले पदाधिकारीमा लगभग सहमति भएको बताउँदै भोलि टुंगो लाग्ने दाबी गरे । सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने उनको भनाइ थियो ।

‘विधान अनुसार पदाधिकारी केन्द्रीय समितिले टुंगो लगाउने हो,’ उनले भने, ‘कतिपयले आजै टुंगो लगाऔं भने तर भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ।’
माओवादीमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु