गाउँपालिका उपाध्यक्षको नृत्यसंगै गोसाइकुण्डमा राष्ट्रपति रनिङ शिल्ड

रसुवा । हिमाली जिल्ला रसुवाको गोसाईकुण्ड गाउँपालिकाद्वारा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० निकै भव्य रुपमा सम्पन्न भएको छ ।

सो प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यार्थी, कलाकार र खेलाडीहरूलाई प्रोत्हासन गर्नका निम्ति गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा लामा स्वयम नृत्यमा सहभागी हुनुभएको थियो । स्वास्थ्यकर्मीसमेत रहनुभएकी उपाध्यक्ष लामा खेलकुद र कलाकारितामासमेत उत्तिकै पारंगत रहेको बताइन्छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष लामाले भन्नुभयो, “समाज र राष्ट्र सबैको लागि खेलकुदको असाधारण महत्त्व रहन्छ । राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि समेत खेलकुद दरिलो माध्यम हो ।” उहाँले स्थानीय सरकार खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनको लागि सदैव सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरे, विशेष अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कर्न्याल लामा र जिल्ला समन्वय समिति उप प्रमुख विजय लामा, जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। गत पौष ४ गते बुधवारदेखि तीन दिन सम्म संचालन भएको उक्त प्रतियोगिता पौष ६ गते शुक्रबार सम्पन्न भएको थियो। दर्शकहरुको उलेख्य सहभागिता रहेको सो प्रतियोगिताकै बीच स्थानीय विभिन्न विद्यालयका शिक्षक शिक्षिका र कर्मचारीहरूले समेत कला प्रस्तत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्