कोरोनाको कहरमा पनि रोजगारिको लागि भारत जानेको लर्को (भिडियो)
पहिलो प्रहर सम्बाददाता/ धनगढी : सुदुर पश्चिमको धनगढी र भारतीय सिमा क्षेत्रमा रहेको गौरीफन्टा नाकामा देखिएको यो द्रिश्यले नेपालमा बेरोजगारीको अवस्था कस्तो रहेको छ भन्ने छर्लङ्ग पार्दछ। कतिले साथमा झोला बोकेर त कतिले बच्चा बच्ची च्यापेरनै रोजगारको भारत तर्फ लाग्दै गरेको द्रिश्यले जो कसैको मन कुड्याउदछ।
कोरोना कहरको बेलामा पनि न त्यहा कुनै कोभिड-१९ को सुरक्षा साबधानी अपनाइएको देखिन्थ्यो, न त कुनै सामाजिक दुरी नै ।
शायद सबैको ध्यान आफ्नो सुरक्षामा भन्दा आफ्नो भबिस्य खोज्नमै लागेको जस्तो देखिन्थ्यो। देखिएको द्रिश्यले हाम्रो बेरोजगारिको चरम समस्यालाई कुरी कुरी गर्दै थियो।
करिब करिब ५०० जनाको हाराहारिको भिड अनुमान गर्न सकिन्थ्यो।
सरकारले बेरोजगार युवालाई रोजगारी दिने बताइरहदा युबा भने बिदेश पलायनतर्फ नै वाध्य भएको देखिन्छ।
युबालाई बेलैमा देशमा नै रोजगारीको बातावरण तयार गर्न सके बैदेशिक पलाएन रोकिने थियो साथै देश बिकासमा टेवा पुग्नुको साथै एस्तो बिकराल महामारिको समयमा ज्यानको प्रबाह नगरि कसैले पनि आफ्नो घरपरिवार छोडेर बिदेशिनु पर्ने थिएन।
यसमा राज्यको बेलैमा ध्यान जान जरुरी देखिन्छ।
भिडियो
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]