
महेन्द्रनगरमा टिभिएस कम्पनीका दुई मोटरसाइकल सार्वजनिक
महेन्द्रनगर, फागुन ७ । महेन्द्रनगरका लागि टिभिएसको आधिकारिक बिक्रेता महामाया ट्रेड एण्ड सप्लायर्सले टिभिएस कम्पनीको दुईवटा मोटरसाइकल सार्वजनिक गरेको छ ।
टिभिएस मोटर्स नेपालको एकमात्र बिक्रेता जगदम्बा मोटर्सले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० फोर भी एफ आईको काठमाडौंमा सार्वजनिक गरेपछि महेन्द्रनगरमा पनि सोमवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल र महामाया ट्रेड एण्ड सप्लायर्स सञ्चालक विनोद भट्टले संयुक्तरुपमा दुई मोटरसाइकलको सार्वजनिक गरेका हुन् ।
उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पिडोमिटर र टी–फेस एलइडी हेडल्याम्पका साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राइडरहरुलाई लक्षित गरेर असाधारण सुविधा समेटिएको महामाया ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भट्टले जानकारी दिए ।
उनका अनुसार टिभिएस रोनिनमा २२५ सिसीमा चारवटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.४ पिएस ७७५० आरपिएमसम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपिएम पिक पावर प्रदान गर्छ । डुअल च्यानल एबिएसको साथ यसको डिस्क ब्रेकहरुले राइडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।

आपाचे आरटिआर १६० भी फोर एफ आईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचरसमेत उपलब्ध गराएको उनले बताए ।
सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो राइड मोड्स, टिभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टिभीएस आपाचे आरटिआर १६० अद्वितीय डिजाइनमा तयार पारिएको उनको भनाइ छ ।
नेपाली बजारमा सार्वजनिक यी दुबै बाइक हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखेर ‘राइड मोड्स’का साथै ‘रेस इनेबल्ड कनेक्टिभिटी’का लागि ‘टीभीएस स्मार्ट कनेक्ट’को सुविधा समेत उपलब्ध छ ।
सो कार्यक्रमको अवसर पारेर उक्त मोटरसाइकल खरिदकर्तालाई पनि आकर्षक उपहार प्रदान गरिनुका साथै टिभिएसको चाबी हस्तान्तरण गरिएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]