नेसन्स लिगमा जर्मनीको तेस्रो बराबरी

२९ जेठ, काठमाडौं । युईएफए नेसन्स लिगमा जर्मनीले लगातार तेस्रो बराबरी खेलेको छ । लिग ए अन्तर्गत समूह सी को खेलमा जर्मनीले शनिबार हंगेरीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

जोट नागेले खेलको छैटौं मिनेटमै गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर जोनास होफम्यानले नवौँ मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काए ।

जर्मनीले यसअघि इटली र इङ्ग्ल्याण्डसँग पनि बराबरी खेलेको थियो ।

लगातार तीन बराबरीपछि ३ अंक जोडेको जर्मनी समूह तेस्रो स्थानमा छ । हंगेरी ४ अंङ्कसहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा इटली र इंग्ल्याण्डले गोलरहित बराबरी खेलेका छन् । दुवैको यो दोस्रो बराबरी हो भने इंग्ल्याण्ड अझै पहिलो जितको खोजीमा छ । एक जित र दुई बराबरीबाट ५ अंक जोडेर इटली समूहको शीर्ष स्थानमा छ ।

इंग्ल्याण्ड २ अंकसहित पुछारमा छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु