गठबन्धनलाई एकतावद्ध बनाएर लैजान्छु : देउवा

१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् ।

कांग्रेसले गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको भन्दै उनले सानातिना समस्या आए त्यसलाई मिलाउने काम दलहरुकै भएको बताए ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले अरु पार्टीहरुको सहयोगमै गठबन्धन सरकार बनेको बताए । ‘गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको छ । अझ एकतावद्ध रुपमा अगाडि बढाउने छौं, गठबन्धन अगाडि बढ्ने छ,’ उनले भने, ‘सानोतिनो अप्ठ्यारा आउलान्, त्यसलाई पनि फुकाउने राजनीतिक नेताहरुको हो, भाग्ने होइन ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु