गायक नारायण थापा र गायिका सरु गौतमको नयाँ गीत बुङ्गो सार्वजनिक (भिडियो)
काठमाडौं । गायक नारायण थापा र गायिका सरु गौतमको आवाजमा रहेको नयाँ गीत ‘बुङ्गो’ सार्वजनिक भएको छ।

शिशिर भण्डारी र प्रतिक्षा काफ्लेको साथमा कलाकारहरु श्रद्दा गौतम, सन्तोष कार्की, निरयु गौतम समेतको अभिनय रहेको गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी निर्देशक सन्तोष राज बाहकले गरेका हुन।
चर्चित संगीतकार दिपक शर्माको शब्द/ संगीत रहेको उक्त गीतलाई संगीत सम्योजक नरेन्द्र बियोगीले सम्योजन गरेका हुन । गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक बताउछन। गायक थापाका यसभन्दा अघी डबल पारेर , मुना मदन , तिम्रो मुटु मेरो मुटु , एउटा एस्तो पुल बनोस, तिम्रो आकर्शणले लगायतका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन।
बुङ्गो

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]