भ्वाईस अफ नेपालकी भाईरल सञ्जु मोक्तानको ‘माया कुरा सुनिदेऊ’ सार्वजनिक हुँदै

काठमाडौंभ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट निकै चर्चा बटुल्न सफल भएकी पप गायिका सञ्जु मोक्तानको स्वरमा रेकर्ड भएको पहिलो गीत ‘माया कुरा सुनिदेऊ’ को भिडियो यही भदौ ३१ गते ( सेप्टेम्बर १६ तारिक) नेपाली समय अनुसार दिनको ठीक ३: १५ मा M3 MEDIA NEPAL नामक युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ ।

उक्त गीतमा गीतकार ध्रुब प्रशाद अम्गाईको शब्दरचना  कल्याण सिंहको सङ्गीत र विषम आचार्यको म्युजिक एरेञ्ज रहेको छ।  भिडियोमा स्वयम् सञ्जु / सन्तोश बानियाँको अभिनय र सोनाम पाख्रीनको निर्देशन रहेको छ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु