टिम बनाउने अधिकार अध्यक्षको हो, पद मागेर पाइने होइन : देव गुरुङ

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कम्युनिस्ट पार्टीमा आफ्नो टिम बनाउने अधिकार नेतृत्वको नै हुने भन्दै यो मागेर पाउने विषय नभएको बताएका छन् ।

शनिबारको स्थायी समिति बैठकले महासचिवको जिम्मेवारी दिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै उनले कम्युनिस्ट पार्टीमा पद मागेर नपाइने बताए ।

‘कम्युनिस्ट पार्टीमा कार्यकारी टिम बनाउने, पदाधिकारीको टिमको प्रस्ताव राख्ने अथोरिटी अध्यक्षको नै हो’ उनले भने, ‘मैले सुरुदेखि नै पद मागदावी गर्ने होइन भन्दै आएको छु । बहुपदमा जाने सिष्टम पनि कम्युनिस्ट आन्दोलनमा कमै अभ्यास भएको विषय हो । बहुपदमा गए पनि पदको मागदावी गर्नु राम्रो होइन, पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो स्वीकार गर्ने हो ।’

उनले पार्टीमा एकीकृत नेतृत्व प्रणाली बलियो बनाउन आफूले जोड दिने बताए । ‘युनिफाइड लिडरसिप र युनिफाइड सिस्टमलाई नै हामीले बढी भन्दा बढी जोड दिने हो’ गुरुङले भने ।

आफूले पार्टीमा संस्थागत निर्णय भए त्यसलाई मान्ने र संस्थागत निर्णय हुन नपाएको अवस्थामा अध्यक्षको निर्णयलाई नै मान्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु