
भीमफेदी-कुलेखानी सडक फेरी बन्द भयो
हेटौंडा : बाटो विस्तार र मर्मतको लागि दुई महिना बन्द भएर भर्खरै खुलेको हेटौँडा-काठमाण्डौ छोटो दुरीको मार्ग अन्तर्गत भीमफेदी-कुलेखानी सडक फेरी आजबाट बन्द भएको छ ।
आजबाट डेढ महिनाका लागि बन्द गरिएको हो । सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दुरीको मार्ग बन्द गरिएको हो ।
भीमफेदी-कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले स्लाब ढलान र पिच गर्ने काम भइरहेको छ ।
बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक सहदेव भण्डारीले यसअघि दुई महिनासम्म सडक बन्द गरेर मोड र अप्ठ्यारो ठाउँमा स्लाब ढलान गरिएको जानकारी दिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


