पिनास हुँदा के खाने के नखाने ?

काठमाडौं । जाडो मौसममा पिनास बढी हुने गर्छ । रुघा लाग्नुलाई सामान्य मानेर उपचार नगर्दा पिनास हुने सम्भावना बढी हुन्छ । पिनासलाई चिकित्सकीय भाषामा साइनोसाइटिस भनिन्छ ।

साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु हो । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, सहजतापूर्वक श्वास लिनेजस्ता कार्य गर्दछ ।
के हो पिनास र किन हुन्छ ? लक्षण र बच्ने उपाय
टाउको र अनुहारका हाडहरूमा हुने हावा भरिएका खाली भागहरूमा पातलो झिल्लीको तह हुन्छ । जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुँदा साइनसमा सिँगान भरिने र सुन्निने सम्भावना बढी हुन्छ । साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिँगान भित्र थुनिँदा ब्याक्टेरिया एवं भाइरस विकसित हुन्छ, जस कारण पिसान हुने गर्छ ।
साथै धूलो धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका नाकका एलर्जीहरू, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुन् । पिनास चार प्रकारका हुन्छन्, तीव्र पिनास, मध्यम पिनास, जीर्ण पिनास र आवर्तक तीव्र पिनास  ।
के खान हुने ?
पिनासमात्रै होइन कुनै पनि रोग लागेको के खाने के खाने छुट्याउनु पर्र्ने हुन्छ । पिनास भएमा उसिनेको खाना मात्र खाँदा राम्रो हुन्छ । सिंगान बगिरहेमा अदुवा, तुलसी, बेसार हालेर उमालेको पानी पिउनु पर्छ । साथै मुगको दाल, गहतको रस, खजुर, किसमिस, स्याउ खान हुन्छ ।
यस्तै सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउँदा दाभदायक हुन्छ । झोलिलो र पोषिलो खानेकुरा खानु पर्छ ।
यस्तै लसुन, प्याज, तोरी, ल्वाङ, मरिच, कडीपत्ता वेसा, ज्वानो, सौफ, अदुवा, हिङहरू खाने भने अमला र भुईंकटहरको सेवनले पनि पिनासको समस्या हटाउन मद्दत गर्दछ । तर पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छ भने मसलाहरू प्रयोग गरिएको खानेकुरा नखाने ।
के नखाने ?
पिनास भएमा दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा खानु हुँदैन । साथै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला, तोरीको साग पनि खानु हुँदैन । यदी नाकबाट रगत बगेको छ भने बढी तातो र मसालेदार खानेकुरा पनि खानु हुँदैन ।  तारे भुटेको, कोल्ड ड्रिङ्क, मैदा, केक, पिज्जा, बर्गर, माछा, मासु अण्डा चिज, पनीर, बटर, दुध र दुग्धजन्य पदार्थ पनि खानु हुँदैन ।
घरेलु उपचार
मौसमजन्य तथा मानिसको हेलचेक्राइँबाट हुने सामान्य रोगको उपचार घरमै पनि गर्न सकिन्छ । यदी पिनासमा भएमा अदुवा, धनियाँ, बेसार, पिप्पली भुटेर पिँधेर बनाएको धुलोलाई मसलाको रुपमा र सुप बनाएर खाँदा फाइदा हुन्छ । मरिच, सख्खरजस्दा शरीरलाई न्यानो गर्ने खानेकुरा खानु पर्छ । विशेषगरी चिसोबाट जोगिँदै मनतातो पानी पिउने गर्नुपर्छ ।
यस्तै नुनपानीले दिनको दुई तीन पटक कुल्ला गर्ने र प्राणायाम गर्न सके अत्यन्त लाभदायक मानिन्छ ।  यस्तै जलनेती,  सूत्रनेति, वाफ लिने, टाउकाको मालिस गर्ने र सुत्नुभन्दा पहिले २÷३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ ।
यदी नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बाङ्िगएको वा नासिका मार्ग थुनिएको भए विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गर्नुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



हेमन्त न्यौपाने पहिलो प्रहरका सम्पादक हुन ।