यौन पेशाको लाइसेन्स माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना !

कंचनपुर,: आइतबार केही महिला सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेका देखिन्थे। उनीहरु बादी समुदायका महिला थिए।

 

बाँच्न पाउने अधिकार कुन्ठित भएको भन्दै उनीहरु प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन आएका थिए। उनीहरुको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचज भट्टलाई ज्ञापनपत्र बुझाएकी हुन्।

 

उनले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको बताइन्। 

सरकारले २०६५ सालमा बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषणा गरेको थियो। तर अहिलेसम्म निर्णय कार्यान्वयन नभएको उनको गुनासो थियो। 

पुनःस्थापना नहुँदा अहिले पनि कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य भएको उमा बादीले बताइन्।

स्तै डोटीकी बसन्ती बादीले पनि आफ्ना लागि सरकार नभएको गुनासो गरेकी छिन्।  ‘सरकारलाई राजश्व तिर्न तयार छौ। यौन पेशाको विकल्प नभए लाइसेन्स दिएरै स्विकृति दिनुपर्छ,’ उनले भनिन्। 

ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले गर्नसक्ने माग पुरा गर्ने प्रतिवद्धता जनाएका छन्। 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु