धनगढीको मेयरमा कांग्रेसबाट पुनः नृप बहादुर वड सिफारिस

धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुनः नृप बहादुर वडलाई सिफारिस गरेको छ।

शुक्रबार बसेको केन्द्रको बैठकले धनगढीको मेयरमा वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गरेको हो।

४ दिन अघि सत्तारूढ गठबन्धनले गरेको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको थियो।

कांग्रेसबाट वडसंगै कृष्ण महरा, सुशिला मिश्र भट्ट, हरिस खड्का मेयरका आंकाक्षी थिए।

‘अहिलेको अवस्थामा नृप वडनै बलियो उम्मेद्वार मानिए, त्यसकारण उनलाई उम्मेद्वार बनाउने निर्णय भएको हो, पार्टीको निर्णयलाई अन्य आंकाक्षीले स्वीकारेका छन्। सवैको साथ र सर्मथन छ,’ कांग्रेसका एक नेताले सेतोपाटीसँग भने।

यसअघि हालका मेयर वडसँगै कांग्रेस धनगढी नगर कमिटिले ७ जनाको नाम सिफारिस गरेको थियो।

मेयरको उम्मेद्वारमा वड निश्चित भए पनि वडा अध्यक्षमा कांग्रेसको भागमा कति पर्छ भन्ने एकिन नभएको ती नेताले बताए।

Sagoon Host

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले धनगढीबाट मेयर उपमेयरसँगै १२ वटा वडा जितेको थियो।

उपमहानगरपालिकाका १९ वडा मध्ये १९ र १४ नम्वर वडामा एमालेले जितेका थियो। १५, ११, ६, ३, १८ माओवादीले जितेको थियो।

पार्टीले मेयरमा सिफारिस गरेसँगै फेरि उम्मेदवार बन्न उनले आज मेयर पदबाट राजीनामा दिँदैछन्।

20% OFF SAGOON

यस्तै, धनगढी–उपमहानगरपालिकाको उपमेयर माओवादीलाई परेको छ।

माओवादी धनगढी नगर कमिटिले उपमेयरका लागि कृष्ण प्रसाद चौधरी, सुरज खाती, बल बहादुर ऐरको नाम सिफारिस गरेको छ। उनीहरूमध्ये ऐर वडा नम्बर ३ का वडा अध्यक्ष हुन्।

उनले शुक्रबार मात्रै उपमेयरमा चुनाव लड्ने भन्दै वडाध्यक्षबाट राजीनामा दिएका छन्।

यसैबीच माओवादीले मेयरका लागि सिफारिस गरेकी शान्ती अधिकारीलाई उपमेयरको उम्मेदवार बनाउने चर्चा पनि छ। उनी अघिल्लो निर्वाचनमा पनि उपमेयरमा कांग्रेससँग पराजित भएकी थिइन्।

यो पनि,

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु