चुनावी सरकार गठन गर्न राप्रपाको माग

राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाले चुनावी सरकार गठन गर्न माग गरेको छ।

काठमाडौंमा साउन ५ देखि ७ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले अब चुनावी सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ।

राप्रपाले गत चुनावहरू निष्पक्ष नभएको दाबी गरेको छ।

‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तीतो यथार्थलाई मध्यनजर गर्दै आगामी प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा माग गर्दछ,’ केन्द्रीय समितिले गरेको निर्णयको २ नम्बरमा यो बुँदा उल्लेख छ।

यस्तै राप्रपाले जनजीविकाका सवाल तथा राष्ट्रियतालगायत विषयमा साउन महिनाभित्र सञ्चालन गर्ने आन्दोलनका कार्यक्रम ल्याउने पनि बताएको छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समितिले एसिपिपी फिर्ता पठाउने सरकारको निर्णय अझै पनि कार्यान्वयनमा नआएको र अमेरिकालाई पत्र नपठाइएकोमा ध्यानाकर्षसमेत गरेको छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु