
स्थानीयबासीको समस्यालाई लिएर मन्त्री लिम्बुले भेटे भौतिक पूर्वाधार मन्त्री
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने निर्माणधीन मदन भण्डारी लोकमार्गको मोरङ केराबारी–लेटाङ–मिक्लाजुङ सडक खण्डका स्थानीय बासिन्दाहरुको समस्याबारे छलफल गर्नुभएको छ ।

सो क्षेत्रका जनप्रतिनिधिहरुको टोलीको नेतृत्व गर्दै मन्त्री लिम्बुले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीसमक्ष केराबारी–लेटाङ–मिक्लाजुङ सडक खण्डमा पर्ने बाक्लो मानव वसोवास रहेको स्थानहरुमा क्षति नपुग्ने गरि २० मिटर चौडाई रहेको सडक निर्माण गर्न आग्रह गर्नुभएको थियो । साथै सो क्षेत्रमा मदन भण्डारी लोकमार्ग बन्ने भएपछि विभिन्न आशंकाले घरजग्गा कारोबार ठप्प भएको र घरजग्गालाई प्रयोग गरेर बैंकिङ कारोबार गर्नसमेत रोकिएकाले स्थानीयहरु दोहोरो मार्कामा परेको बताउँदै मन्त्री लिम्बुले सम्बन्धित निकायबाट यथाशीघ्र उचीत कदम चाल्नसमेत अनुरोध गर्नुभयो ।
जवाफमा मन्त्री ज्वालाले उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुको समस्यालाई सम्बोधन गरी मदन भण्डारी लोकमार्ग निर्माण गरिने आश्वसन दिदै सोहीअनुरुप आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


