
डीप्रेसनले ग्रस्त नायिका तथा निर्माती जेनी कुँवरले गरिन् आत्महत्या
काठमाडौं: निर्मात्री एवं अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।
‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।
लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्सयता नेपाली फिल्मको अभिनयमा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो । उनि अभिनित १३ बर्ष अघि रिलिज भएको चलचित्र ‘घायल’को ‘माया गर मायालुलाई’ गीत अहिले टिकटकमा हिट पनि भएको थियो।
उनले ‘छाईदेउ श्री हजुर मनमा’ बोल को गित पनि गाएकी थिइन्।
आत्महत्याको कारण डिप्रेसन : प्रहरी

प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।
घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




