जनकनन्दनीका वडा अध्यक्ष भोगी पाठकको निधन

९ माघ, जनकपुरधाम । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो ।

५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन भएको गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडिटी पोजेटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु