गीतकार ध्रुव प्रसाद अंम्गाईको ‘जमानत गुमायौ’ गीत सार्वजनिक

 

काठमाडौं– सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत ‘जमानत गुमायौ’ गीत सार्वजनिक गरेका छ्न। एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाईको यो गीत नेपाली सङीत क्षेत्रमै विरलै बन्ने कवाली गजल  गीत हो।

 

गीतकार ध्रुव प्रसाद अम्गाई

 

उनी बिगत २० बर्ष देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन ।

अंम्गाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न । हरेक बर्ष उनको गीतहरुले चर्चा कमाईरहेका हुन्छ्न उनी वास्तविक र यथार्थ घटनाक्रमहरुलाई लेखन मार्फत समाजको यथार्ततालाई उतार्ने गर्छ्न।

उनको गीतहरु आखा आँखा जुधी, माया कुरा सुनिदेउ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा , काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देस र विहानीको घामको झुल्को उनका चर्चित गीतहरु हुन ।

उनले हरेक बर्ष उत्कृष्ट गीतकारको बिधामा एवार्ड हात पारीरहेका छ्न र यो बर्ष गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कारमा उत्कृष्ट दश जना गीतकार भित्र आखा आँखा जुधी गीत बाट नोमिनेसनमा परिसकेका छ्न भने अन्य थुप्रै म्युजिक एवार्डहरुमा उनका गीतहरु परीरहेका छ्न ।

यो जमानत गुमायौ गीत अत्तेन्तै मार्मिक छ प्रेमिकाले धोका दिएको सामाजिक घटनालाई उतारिएको छ।

Sagoon Host

गीतमा ध्रुव प्रसाद अंम्गाईको शब्द , स्वर / सङ्गीत सुरेन चन्द ठकुरीको रहेको छ भने संगीत सम्योजन किरण कंडेलको रहेको छ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गजललाई श्याम श्वेत रसाइलीले मिक्सिङ अनी मास्टरिङ्ग गरेका हुन।

आर जे सोनी, मौषमी श्रेष्ठ ,सिमोन किङ, सुशाना दुलाल लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गजलको भिडियोलाई निर्देशक बिक्रम चौहानले गरेका हुन भने सुरेश श्रेष्ठले खिचेका हुन।

20% OFF SAGOON

चाँडै अन्य गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले पहिलो प्रहरलाई जानकारी गराए ।

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु