जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर-१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखा साईबर चोकस्थित हार्डवयर पसलमा काम गरी बस्ने २३ वर्षीय आकाश नेपालीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

आकाशले आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु