चैते दशैंमा कर्णाली प्रदेशमा सार्वजनिक विदा

५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दशैंका दिन प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चैत ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जनाएको हो ।

२०७७ जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चैत शुक्ल अष्टमी (चैते दसैँ) को अवसरमा वैशाख ७ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

चैते दशैंका दिन संघीय सरकारले भने विदा दिएको छैन । तर, कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु