शिशिर भण्डारीको अभिनय रहेको ‘ म जिउन सक्दिन ’ सार्बजनिक (भिडियो)

म जिउन सक्दिन

काठमाडौं : सुन्दरी गायिका तथा भोईस अफ नेपाल किड्सकी कोच प्रबिशा अधिकारिलाई अनी त्यस्तै भोईस अफ नेपाल सिजन-१ का बिजेता गायक तथा संगीतकार सि डि बिजय अधिकारिलाई नचिन्ने बिरलै होलान। उनै गायिका प्रबिशा र सि डि को आवाजमा रहेको गीत ‘म जिउन सक्दिन ‘ सार्बजनिक भएको छ।

चर्चित सिनेकर्मी तथा समाजसेवी शिशिर भण्डारी, निरयु गौतम, अदिती खरेल लगायतको अभिनय रहेको उक्त गीत रिलिज भएको छोटो समयमा नै धेरैले मन पराएका छन।

ओम सुनारको शब्द, संगीत अनी सुनारकै सङ्गीत संयोजन रहेको उक्त गीत ‘ म जिउन सक्दिन‘ को भिडियो सार्वजनिक भएको हो।

 

सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक/गायिका बताउछन।

ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत साजन शाहले मिक्सिङ अनी मास्टरिङ गरेका हुन।

Sagoon Host

गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ।

गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

भिडियोलाई शुक्रबार नयाँ नयाँ न्युज नेपाल यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

 

20% OFF SAGOON

म जिउन सक्दिन

 

म जिउन सक्दिन

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु