चितवन क्रिकेट संघद्धारा खेलाडी नाम दर्ता आह्वान, कात्तिक १७ देखि यु १९ छनोट हुने

चितवन, कात्तिक १५–

चितवन क्रिकेट संघले यु १९ छनोटका लागि खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ । आज (सोमबार) एक सूचना प्रकाशित गर्दै दुई दिनभित्रमा १९ वर्ष मुनिका प्रतिभावान क्रिकेट खेलाडीहरुलाई नाम दर्ता गराउन अनुरोध गरेको हो ।

संघका उपाध्यक्ष सुदिप पियाले छनोटका लागि दुई दिन भित्रमा खेलाडी आफ्नो परिचय पत्रसहित नाम दर्ताको लागि आह्वान गरिएको बताए । ‘छोटो समय छ, धेरै खेलाडीहरुले नाम दर्ता गराओस् भन्ने हाम्रो चाहना हो’–उपाध्यक्ष पियाले भने ।

नाम दर्ता गराएका खेलाडीहरुको छनोट नारायणगढस्थित क्याम्पाचौरमा हुनेछ । कात्तिक १७, १८ र १९ गरी तीन दिन खेलाडी छनोट गरिने संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । खेलाडी छनोट विहान ११ देखि अपरान्ह ५ बजेसम्म हुने प्रधानले जानकारी दिए ।

खेलाडीहरुले नाम दर्ताका लागि नागरिकता, एसएलसीको प्रमाणपत्र र जन्मदर्ताको प्रमाण पत्र पेश गर्नुपर्ने संघका सचिव उमेश पियाले जानकारी दिए ।

नेपाल त्रिक्रेट संघ (क्यान)ले वाइवाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिरमा आयोजना गर्दैछ । सोही प्रतियोगितामा सहभागिताका लागि जिल्ला–जिल्लाबाट खेलाडी र टिम छनोट गर्न लागिएको हो । नेपालमा लामो समयपछि उमेर समूहको राष्ट्रिय प्रतियोगिता हुन लागेपछि युवा खेलाडीहरुमा उत्साह समेत छाएको छ ।

नोटः तल दिइएको फर्म डाउनलोड गरि भर्न सकिनेछ ।

 

Sagoon Host

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु