
दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
२२ मंसिर, दार्चुला । दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिले बताए । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।
ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]