४० जना निजामती कर्मचारी पुरस्कृत हुँदा चितवन शून्य !

भरतपुर । निजामती कर्मचारी दिवसको अवसर पारेर यसवर्ष सरकारले ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्दा चितवन जिल्लामा कार्यरत एक जना कर्मचारी पनि परेका छैनन् । मन्त्रिपरिषद्को बैठकले १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार चितवनमा १५ सयको हाराहारीमा निजामती कर्मचारी कार्यरत रहेका छन् । तीमध्ये चितवनका एक जना पनि पुरस्कृत हुनेमा नपरेको उनले बताए । उनका अनुसार ४० जना निजामती कर्मचारी पुरस्कृत हुँदा चितवन शून्य भएको छ ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘बर्सेनि चितवनमा कार्यरत निजामती कर्मचारीहरु पुरस्कृत भइरहन्थे, यसपटक एक जना पनि पुरस्कृत हुनेको सूचीमा परेनन् ।’ उनले पुरस्कृत नहुँदैमा चितवनमा कार्यरत निजामती कर्मचारीको काम कमजोर भन्ने नहुने बताए ।

प्रमुख जिल्ला अधिकारी लामिछानले भने, ‘मलाई ४० जना निजामती कर्मचारी पुरस्कृत हुँदा २÷४ जना चितवनमा कार्यरत पर्छन् भन्ने मलाई आशा लागेको थियो, तर दुर्भाग्य नै भनौँ परेनन् ।’ उनले चितवनमा कार्यरत संघ, स्थानीय, प्रदेशका निजामती कर्मचारीहरु अनुभवी भएको दाबी गरे ।

‘चितवन ठूलो जिल्ला हो, यहाँ पर्याप्त मात्रामा निजामती कर्मचारी छन्, अत्यन्तै चुनौतीको जिल्ला पनि हो, जुनसुकै कार्यालयमा पनि कामको चाप नै हुन्छ, यस्तो जिल्लाका कर्मचारी पुरस्कृत हुनुपर्ने हो’, उनले भने, ‘सरकारले बनाएको मापदण्डभित्र चितवनमा कार्यरत कर्मचारी यसवर्ष परेनन् भन्नु प¥यो, अर्को वर्ष धेरै पर्न सक्लान् भन्ने आशा गरौँ । पुरस्कृत नहुँदैमा जिल्लाका निजामती कर्मचारीको गुनासो केही पनि छैन ।’

सरकारले उक्त पुरस्कार २०६१ सालदेखि वितरण गर्दै आएको छ । सरकारले उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको राशि ५० हजार राखेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले यसवर्ष चितवनका निजामती कर्मचारी पुरस्कृत नभए अर्को वर्ष पुरस्कृत हुने बताए । उनले भने, ‘यसवर्ष यहाँका भन्दा अन्य जिल्लाका कर्मचारीले राम्रो गरे होलान्, पुरस्कार नै सेवाप्रवाहको मुख्य आधार होइन ।’ उनले पुरस्कृत नहुँदैमा चितवनमा कर्मचारीबाट सेवाप्रवाह कमजोर भन्ने पनि नहुने बताए ।

Sagoon Host

को–को परे पुरस्कृत हुनेमा ?

उत्कृष्ट निजामती पुरस्कारका लागि सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका किरण रुपाखेती (सहसचिव), अख्तियार दुरूपयोग अनुसन्धान आयोगका राजेन्द्रकुमार केसी (सहसचिव), स्वास्थ्य सेवा विभागका डा. भीमसिं तिङ्करी (निर्देशक), महान्यायाधिवक्ताको कार्यालयका हरिशङ्कर ज्ञवाली (उपन्यायाधिवक्ता), भूमि व्यवस्था तथा अभिलेख विभागका सुमना अर्याल वाग्ले (निर्देशक), महिला तथा बालबालिका विभागका कमला ढकाल काफ्ले (नायब सुब्बा), वेनी नगरपालिकाका छविलाल सुवेदी (प्रमुख प्रशासकीय अधिकृत), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विष्णुदत्त गौतम (सहसचिव) र महालेखा परीक्षकको कार्यालयका नेत्रप्रसाद पौडेल (निर्देशक) रहेका छन् ।

त्यसैगरी, निजामती पुरस्कार पाउनेमा विभिन्न कार्यालयका ३० जना कर्मचारी छनोट भएका छन् । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लक्ष्मीकुमारी बस्नेत (सहसचिव), राष्ट्रिय सतर्कता केन्द्रका ज्ञानराज सुवेदी (सहसचिव), प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कोशलचन्द्र सुवेदी (सहसचिव), महेशविक्रम लागेजु (शाखा अधिकृत) र पूर्णप्रसाद अगस्ती (कार्यालय सहयोगी), सहरी विकास मन्त्रालयका विष्णुप्रसाद शर्मा (सहसचिव) र अर्थ मन्त्रालयका दिलीपकुमार गौतम (उपसचिव) छन् ।

20% OFF SAGOON

यस्तै, जलस्रोत तथा सिंचाइ मन्त्रालयका जिज्ञासा राई (इन्जिनियर), कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका भरतप्रसाद तिमिल्सिना, मुद्रण विभागका उत्तम खनाल (वरिष्ठ मुद्रण सहायक), राष्ट्रपति कार्यालयका खडानन्द पौडेल (कम्प्युटर अपरेटर), उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका केआइसिं गलान (नायब सुब्बा), जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश शाह (नायब सुब्बा) र परराष्ट्र मन्त्रालयका अमरसिंह लामा (कार्यालय सहयोगी) रहेका छन् ।

त्यस्तै, निजामती कर्मचारी अस्पतालका भोलाप्रसाद चापागाईं (उपसचिव), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शान्त नेपाल मरासिनी (उपसचिव), शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका डा. भोजराज शर्मा काफ्ले (उपसचिव), शिक्षा निर्वाचन आयोगका गुरूप्रसाद वाग्ले (उपन्यायाधिवक्ता), संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका विपुलकुमार लालदास (सिनियर डिभिजन इन्जिनियर) र लोकसेवा आयोगका सूर्यप्रसाद सापकोटा (उपसचिव) छनोट भएका हुन् ।

त्यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका भक्तिप्रसाद भट्टराई (लेखा अधिकृत), छत्रदेव गाउँपालिका अर्घाखाँचीका भेषराज पन्त (शाखा अधिकृत), रक्षा मन्त्रालयका विन्ध्या कार्की (लेखा अधिकृत) र संघीय संसद् सचिवालय जलेश्वरका राम (शाखा अधिकृत) रहेका छन् ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केदारप्रसाद नेपाल (सिनियर डिभिजन इन्जिनियर), नापी कार्यालय ताप्लेजुङका विज्ञान बञ्जारा (अधिकृत), कृषि विभागका प्रमिला वाग्ले (कृषि विकास अधिकृत), गृह मन्त्रालयका कुलशेखर अर्याल (शाखा अधिकृत), पहाडी साना किसानका लागि अनुकूल आयोजना काठमाडौँबाट शिला ज्ञवाली (सहायक वन अधिकृत) र करदाता सेवा कार्यालय दिक्तेलका सुजितकुमार सिंह (सहायक वन अधिकृत) छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु