
नक्कली PCR रिपोर्ट बनाउने मेडिकलका कर्मचारी पक्राउ
रुपेश वि.क, कंचनपुर,
काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा लि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि. बाट नक्कली PCR रिपोर्ट बनाउने ८ जना कर्मचारीहरु पक्राउ परेका छन ।
वैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुका लागी आवश्यक पर्ने कोरोना भाईरस (covid-19)PCR रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधीक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै नक्कली PCR रिपोर्ट दिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।०१।०७ गते दिउसो २ : ३० बजेको समयमा जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा नं.९ सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि बाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरीPCR Test Report Negative भनि उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट सहित ब्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ (आठ ) जना ब्यक्तिहरुलाई महानगरीय अपराध महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको छ ।
पक्राउ परेका कर्मचारीहरुलाई थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रा.लिको सेवा हाल लाई बन्द गरिएको छ।
अपराध महाशाखाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आए अनुसार मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ऐजेन्टहरुले सेवाग्राहीसंग PCR परीक्षण शुल्क प्रति ब्यक्ति रु,९,००० ।- लिई सुरिया हेल्थकेयर प्रा.लि.संगको मिलेमतोमा स्वाब परीक्षण नै नगरि नक्कली PCR test Report बनाई दिने गरेको कुरा खुलेको हो।
पक्राउ परेका व्यक्तिहरु :-

१.जिल्ला झापा गौरादह न.पा.वडा नं.७ घर भई हाल का.जि.का.म.न.पा.३२ पेप्सीगोला बस्ने बर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ।
२.जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१३ घर भई हाल ल.पु.ईमाडोल बस्ने बर्ष ३२ को प्रमोद कुमार यादव ।
३.जिल्ला महोत्तरी गौशाला न.पा.१ घर भई बस्ने बर्ष ५० को प्रदिप कुमार गिरी ।
४.जिल्ला महोत्तरी सोनाम गा.पा.वडा नं.६ घर भई हाल का.जि.सिनामंगल बस्ने बर्ष २५ को अमन कुमार यादव ।
५.जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा न.पा.३ घर भई हाल का.जि.अनामनगर बस्ने बर्ष ३२ को वजेश पोख्रेल ।
६.जिल्ला महोतरी गौसाला न.पा.वडा नं. १ घर भई हाल का.जि.बानेश्वर बस्ने बर्ष २२ को बादल मिरिङ छिङ ।
७.जिल्ला दोलखा बैतेश्वरी न.पा.वडा न.५ घर भई हाल का.जि.चाबहिल बस्ने बर्ष २२ को सरोज क्षेत्री ।
८.जिल्ला सप्तरी मध्यपुरा गा.पा.वडा न.१ घर भई हाल ललितपुर धापाखेल बस्ने बर्ष ४४ को डा.खेलानन्द प्रसाद सिंह ।
श्रोत: महानगरीय अपराध महाशाखा
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]