कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु