पुनर्वास नगरपालिकाले सुरु गर्‍यो बिधुतीय कर प्रणाली घरमै बसेर अनलाइनमा Esewa र IME Pay बाट कर तिर्न मिल्ने

रुपेश बि.क,

पुनर्वास –सेवा प्रवाहमा नागरिकको  सरल  र सहज पहँच बनाउन सेवाग्राहीहरुको समयको सदुपयोग तथा सहजीकरणका लागि मंगलवार देखी पुनर्वास नगरपालिकाले बिधुतीय कर प्रणाली सेवा सुरुवात गरेको छ ।

नगर प्रमुख जीवन राज थापाको अध्यक्षतामा भएको एक अनौपचारिक कार्यक्रमका बीच नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुरुवात गरेको हो ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउन, सेवाग्राहीहरूको समयको बचत गरी घरमै बसेर अनलाइनबाट कर तिर्न सकुन भन्ने उद्देश्यले नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुरुवात गरेको नगर प्रमुख जिवनराज थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिका सुचना प्रविधि अधिकृत आरती बिष्टले  प्रविधिको उच्चतम प्रयाेगले  नै सेवा प्रवाहमा ठूलो योगदान दिन सक्छं । हामी सबैको चाहना सेवा प्रवाहमा नागरिकको  सरल  र सहज पहँच नै हो र सेवाग्राहीहरुले  नगरपालिकालाई तिर्नुपर्ने  सम्पूर्ण कर बिना झन्झट  eservice.punarbasmun.gov.np वेबसाईटमा लगईन गरि अनलाइन भुक्तानी प्रणाली अन्तर्गत ईसेवा र आईएमई पे मार्फत भुक्तानी गर्न सकिने जानकारी दिनुभयो।

Sagoon Host

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा निजामती कर्मचारी,जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नगरपालिकाका प्राविधिक ओमनाथ ढकालले गर्नुभएको थियो ।

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु