भारतीय मोटरसाइकलले ठक्कर दिँदा सर्लाहीमा बालकको मृत्यु

२१ असार, जनकपुरधाम । सर्लाहीमा भातीय मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

बलरा नगरपालिका-७ डुमरिया चोकस्थित बरहथवा-मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बीआर ३०एच०४३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाएकोमा चिकित्सकद्वारा मृत घोषणा गरिएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु