चितवनकाे कालिकामा बाढीकाे कारण २१ हजार कुखुरा मर्याे

चितवन, असार २० –

पूर्वी चितवनको कालिका नगरपालिकामा बाढीको कारण २१ हजार कुखुरा मरेका छन् । नगरपालिकामा रहेको कयर खोलामा आएको बाढीका कारण यहाँका दुई वटा पोल्ट्रीफार्मका २१ हजार कुखुरा मरेका छन्।

कालिका पोल्ट्री फार्म र केसी पोल्ट्री फार्मका दुई वटा सेट बाढीले बगाएपछि करिब दुई करोड रूपैयाँभन्दा बढीको क्षति भएको केसी पोल्ट्री फार्मका सञ्चालक शिवराम केसीले बताएका छन् । उनका अनुसार ड्याम लगाएको ठाउँबाटै खोला फार्ममा पसेपछि कालिका पोल्ट्री फार्मको १५ हजार र केसी पोल्ट्री फार्मको ६ हजार कुखुरा नष्ट भएको हो ।

बाढीले कुखुराको मात्रै नभई भौतिक क्षति पनि गरेको उनले जानकारी दिए । बुधबार रातिदेखि बाढी आउन थाले पनि वर्षा नरोकिएका कारण फार्मसम्म पुग्न पनि नसकिएको उनले बताएका छन् । उनले खोरमै मरेका कुखुरालाई शनिबार मात्रै खाल्डो खनेर व्यवस्थापन गरे ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु