
बालिका बलात्कार आरोपमा एकजना पक्राउ
२ मङ्सिर, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-२ बस्ने हुम्ला ताजाकोट गाउँपालिका-२ का २३ वर्षीय युवक पक्राउ परेका छन् ।
प्रहरीले अनुसन्धानका लागि सूर्जवीर लोहारलाई नियन्त्रणमा लिएको हो । लोहारले बालिका बलात्कार गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले लोहारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


