हिमाल अस्पताल अगाडी नै छोरीको श्राद्द गरे गौरबले – न्याय माग्दा सरकारले सुनेन

काठमाडौं शनिबार चैत्र ११ , २०७९ – आफ्नी २८ महिने छोरी लाइ गुमाउनुपर्दाको पिडा कस्तो हुन्छ त्यो बाबु आमालाई भन्दा बढी कसलाई हुन सक्छ र ? बाबु गायक तथा संगीतकार गौरब दर्पण उनकी धर्मपत्नी आफन्त लगायत संगीत कर्मीहरुको बाक्लो उपस्थिति थियो काठमान्डौ स्थित हिमाल अस्पताल अगाडी। ४५ औ दिनको श्राद्दको कार्य अस्पताल अगाडी नै भैरहेको थियो ।

 

डाक्टरको चरम लापरबाहीका कारण २८ महिनाकी दुधे बालिका प्रसंशा गौतमको निधन भएको बताउँदै परिवार, आफन्त, कलाकार, पत्रकारहरु लगायत अन्य बटुवाहरु सहित आन्दोलनको आज ३२ दिन पुगेको छ । अस्पतालको प्राङ्गणमा प्रशंसा गौतमको श्राद्ध भैरहेको थियो। गेट बाहिर सभासद असिम साह, गायक प्रमोद खरेल, संगीतकार चेतन सापकोटा लगायत एक सय भन्दा धेरै आन्दोलकारी मौन भएर प्ले कार्ड बोकि रहेका थिए । प्ले काडमा लेखिएको थियो – प्रशंसालाई न्याय दे, दोषीलाई कारबाही गर । सडकको छेउमा बालिकाको फोटो सहितको ब्यानर , ब्यानरमा पनि लेखिएको थियो प्रशंसालाई न्याय दे, दोषीलाई कारबाही गर ।

 

आफ्नी २८ महिने छोरी लाइ गुमाउनुपर्दाको पिडा कस्तो हुन्छ त्यो बाबु आमालाई भन्दा बढी कसलाई हुन सक्छ र ? बाबु गायक तथा संगीतकार गौरब दर्पण उनकी धर्मपत्नी आफन्त लगायत संगीतकर्मीहरुको बाक्लो उपस्थिति थियो काठमान्डौ स्थित हिमाल अस्पताल अगाडी। ४५ औ दिनको श्राद्दको कार्य अस्पताल अगाडी नै भैरहेको थियो ।

 

४५ दिनको श्राद्ध सकिएपछी विरोध कोण सभा सुरु भएको हो । दुधे बालिका प्रशंसा गौतमका बुवा गायक गौरव दर्पर्णले उक्त कोण सभा सुरु गरेका थिए । “काठमाडौंमा हामी आप्रवासी भयौ, ३२ दिन सम्म नियमित मौन आन्दोलनलाई र हामीलाई आप्रवासीको व्यवहार गरियो ।” उनले भने । नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दियौं तर कहिँ कतैबाट कुनै प्रतिक्रिया नदिएको गुनासो गर्दै गायक गौरव दर्पर्ण भक्कानिएर रोएका थिए । उनले आफ्नो गुनासो पोख्दै उपस्थित सबैलाई धन्यवाद दिए ।

 

गायक गौरव दर्पर्णले हाम्री छोरी पुन फर्किएर आउदिनन् हामीलाई थाहा छ, हाम्रो माग मात्र गल्ति आत्मालोचना गरिदिए पुग्छ भनिरहेका छौ तर आत्मालोचना त कहाँ कुनै सरसल्लाह नै नगरिएको गौरव दर्पणको गुनासो छ । उनले भने अब कानुनी लडाई सुरु भएको छ, कानुनी रुपमा ब्लडमनि लिएर छाडने छु । गौरबले त्यो ब्लडमनि  लिए पनि दोषीलाई सजाय सहितको कारबाही गर्ने बताए ।

हिमाल अस्पताल को गेटमा ३२ दिन सम्म पर्खिदा नभेट्ने डाक्टर र प्रशाशनलाई अदालतको कठहरामा उभाउने बताउदै आज देखि गेटको आन्दोलन सकिएको बताए । आफ्नो छोरीले न्याय नपाए सम्म छोरीको श्राद्ध यहि हस्पिटलको प्राङ्गणमा गर्ने बताए । आज सम्म मौन आन्दोलन गरियो आज केहि मुर्दाबाद भन्छु ‘प्रशंसालाई न्याय दे’, ‘सम्पत्ती बेचेर होइन, दिमाग बेचेर डाक्टर बनौं’ ‘मान्छे मार्न पाईंदैन, जयदेब यादब चाहिंदैन’, ‘जयदेबको लाइसेन्स खारेज गर’, ‘हत्यारालाई कारबाहि गर’ ‘हिमाल हस्पिटल मुर्दाबाद’, ‘पीडितलाई दबाउन पाइँदैन’, ‘डा.जयदेव यादव को लाईसेन जाँच गर’, ‘सम्बन्धित चिकित्सक र अस्पताल जवाफदेहि बन’ दर्पणलाई उपस्थित सबैले मुर्दाबाद भन्न सहयोग गरिरहेका थिए ।
बिहान ११ बजेदेखि सुरु भएको ४५ दिनको श्राद्ध र गेटमा गरिएको मौन आन्दोलन दिनको २ बजे सकिएको थियो ।

 

 

प्रसंशा गौतम

 

Sagoon Host

प्रसंशा गौतम

 

प्रसंशा गौतम

 

प्रसंशा गौतम

 

20% OFF SAGOON

हिमाल अस्पताल

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु