एमसीसी टेबुल गर्ने निर्णयमा झलनाथ खनालको आपत्ति

काठमाडौँ, फागुन ८-

सत्तारुढ गठबनधनले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

तर बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असहमति प्रकट गरेका छन् ।

खनालले प्रश्न उठाए ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’

खनालले आफनो पार्टीको निर्णय त्यस्तो नभएको र सहमत पनि नभएको बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु